Health TV Online
Health TV Online
Health TV Online

बालबालिकालार्इ नख्वाउनुस् ‘जङ्क फुड’ अर्थात् पत्रु खाना!

बालबालिकालार्इ नख्वाउनुस् ‘जङ्क फुड’ अर्थात् पत्रु खाना!

बालबालिकाहरूले मन पराउने र किनेर खाने खाजा  चाउचाउ, कुरमुरे, सेता पाउरोटी आदि मन्द विष हुन्। यस्ता खानाले ठूला–साना सबै व्यक्तिलाई अति नै हानि गर्छ।

स–साना बाबालिकाको लागि त झनै खराब हुन्छ। किनभने चाउचाउ, कुरकुरे, आदिमा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रोटिन, लौह तत्व, क्याल्सियम आदि हुँदैन। यस्ता वस्तुहरु बनाउँदा प्रयोग गर्ने मैदाले स्वास्थ्यमा खराब गर्छ। फेरि यस्ता खाना कुहिएको मैदाबाट पनि बनाइएकाे पनि हुन सक्छ।

यस्तो खानेकुरा बनाउने तेल पनि खराब हुन्छ। तेल बारम्बार तताएर चाउचाउ, कुरमुरे पकाइन्छ। यस्तो तेलले क्यान्सर समेत पैदा गर्छ। यसले दाँतलाई पनि खराब बनाउँछ। ‘जङ्क फुड’ अर्थात् पत्रु खानाले स्वास्थ्यलाई नराम्रो असर गर्छ।

पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक वस्तु हो। तर यही पत्रु खाना नै हाम्रा बालबालिकाको पेटमा परेपछि उनीहरूलाई कति खराब गर्दो होला भन्ने आमाबुबाले सोचेका छैनन्।

यसरी पत्रु खानाले बालबालिकालाई शरीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेर नेपाल सरकारले चाउचाउ, चिप्स, कुरकुरे जस्ता वस्तु स्कुलमा खाजा लैजान र बेचबिखन गर्न पनि प्रतिबन्ध लगाएको छ। यसले गर्दा कतिपय स्कुलका शिक्षकशिक्षिकाले बालबालिकालाई घरबाट नै खाजा लिएर आउनुपर्छ भनेर सिकाएका छन्।

अनि बालबालिकाले घरबाट चिउरा, चना, आलु, रोटी आदि लिएर आउन थालेका छन्। तर अझै कतिपय स्कुलहरूमा त शिक्षक र अभिभावकहरूले आफ्ना छोराछोरीले के खान्छन् भन्ने कुरा खासै वास्ता गरेको पाइँदैन।  आमाबुबाले छाेराछाेरीलार्इ खाजा खान पैसा त दिन्छन् तर त्यो पैसाले स्वस्थकर खाजा खाएको छ कि छैन वास्ता नै गर्दैनन्।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीद्वारा प्रकाशित ‘पत्रु तथा पाेषाण खानासम्बन्धी जनचेतना अभियान’ पुस्तिकाबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा