शिविरमा गराए १५०० ले स्वास्थ्य परीक्षण
राजविराज : सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा आयोजित बृहत् स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ।
न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
न्यूरोलोजिस्ट डा. वीरेन्द्र विष्ट, न्यूरोसर्जन डा.यमबहादुर राना, हाडजोर्नी डा.नवीन कर्ण, डा.सुदीप खनियाँ, डा.समर्थ सिंह, डा.राजीव श्रेष्ठ, केशरबहादुर गुरुङ, फिजिसियन डा.नारायणी रोका, आँखा रोग डा.रेनुका राठी, स्त्री तथा प्रसूति रोग डा.सुरेशप्रसाद साह, बालबालिका डा.अमितप्रताप साह, दन्त रोगलगायतकाकाे टाेली स्वास्थ्य सेवा प्रदान गरेकाे न्यूरो अस्पतालका प्रमुख वीरेन्द्र विष्टले जानकारी दिए।
त्यस्तै स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले वर्तमान जीवनशैलीमा उच्च रक्तचापको बारेमा विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा कक्षा १० का मनोज साह पहिलो, अभिषेक कार्की दोस्रो र दिपिका चौधरी तेस्रो भएकाे सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्माले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण