पाल्पामा ४० प्रतिशतले गराए स्वास्थ्य बिमा
पाल्पा : जिल्लामा स्वास्थ्य बिमा गराउने ४० प्रतिशत पुगेका छन्। गत भदौ १५ सम्म २२ हजार ८४० घरपरिवारका एक लाख ३२ सय ७१ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका हुन्।
गत आर्थिक वर्षको अन्तसम्म पाल्पावासीले बीमा गर्न ६ करोड ४६ लाख ४० हजार २०५ रुपैयाँ बुझाएकाे स्वास्थ्य बीमा बोर्ड पाल्पा शाखाकी सूचना अधिकारी भीमादेवी पराजुलीले जानकारी दिइन्।
रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा स्वास्थ्य बिमा गराउनेहरूको संख्या बढेको छ। यसकाे फाइदाबारे बुझ्न थालेपछि टोल बस्तीका घरमा स्वास्थ्य बिमा गराउनेको संख्या बढेकाे हो । उच्च रक्तचाप, सुगर, जन्डिस जस्ता रोग लागेका दीर्घरोगी व्यक्ति तथा परिवारले स्वास्थ्य बिमा गराएका छन्।
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भए पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट पाउने सेवा निकै सुस्त रहेको स्थानीय बासिन्दाकाे गुनासाे छ। अत्यावश्यक औषधी नपाएको उनीहरूकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण