Health TV Online
Health TV Online
Health TV Online

पाल्पामा ४० प्रतिशतले गराए स्वास्थ्य बिमा

पाल्पामा ४० प्रतिशतले गराए स्वास्थ्य बिमा

पाल्पा : जिल्लामा स्वास्थ्य बिमा गराउने ४० प्रतिशत पुगेका छन्। गत भदौ १५ सम्म २२ हजार ८४० घरपरिवारका एक लाख ३२ सय ७१ जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका हुन्।

गत आर्थिक वर्षको अन्तसम्म पाल्पावासीले बीमा गर्न ६ करोड ४६ लाख ४० हजार २०५ रुपैयाँ बुझाएकाे स्वास्थ्य बीमा बोर्ड पाल्पा शाखाकी सूचना अधिकारी भीमादेवी पराजुलीले जानकारी दिइन्।

रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा स्वास्थ्य बिमा गराउनेहरूको संख्या बढेको छ। यसकाे फाइदाबारे बुझ्न थालेपछि टोल बस्तीका घरमा स्वास्थ्य बिमा गराउनेको संख्या बढेकाे हो । उच्च रक्तचाप, सुगर, जन्डिस जस्ता रोग लागेका दीर्घरोगी व्यक्ति तथा परिवारले स्वास्थ्य बिमा गराएका छन्।

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भए पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थाबाट पाउने सेवा निकै सुस्त रहेको स्थानीय बासिन्दाकाे गुनासाे छ। अत्यावश्यक औषधी नपाएको उनीहरूकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा