कालाज्वर अब पहाडमा पनि, नाै महिनामा चार जनाकाे मृत्यु
काठमाडाैं : एक दशकअघिसम्म तराईकाे रोग भनेर चिनिने कालाजार पहाडतिर सरेको छ । पछिल्ला नौ महिनाको अवधिमा पहाडी जिल्लामा कालाज्वरबाट चार जनाको मृत्यु भइसकेको एक तथ्यांकले देखाएको छ।
काठमाडौं, पाल्पा, बाजुरा र जुम्लामा एक\एक जनाको मृत्यु भएको हो। तीन वर्षयता कालाजारको थलो ठानिएको तराई र भित्री मधेसका २२ जिल्लामा यो रोगबाट कसैको मृत्यु भएको छैन।
तीन वर्षदेखि मधेसमा यो रोगले मृत्यु नभएको तर पहाडी र उच्च पहाडी जिल्लामा बढ्दै गइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए। उनका अनुसार यो रोग उत्पन्न गर्ने भुसुना सैन्ड फ्लाई पहाडी तथा हिमाली जिल्लामा समेत प्रशस्त देखिन थालेको छ।
महाशाखाका अनुसार नाै महिनायता कालाजारको ४४ मध्ये २८ वटा संक्रमण पहाडी जिल्लामा देखिएको छ। काठमाडौं, भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप,ओखलढुंगा, भोजपुर, खोटाङ, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङ्जा, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, दैलेख, हुम्ला, जुम्ला, कालिकोट, सल्यान सुर्खेत, बाजुरा, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा कालाज्वर संक्रमण भेटिएको हो ।
सरकारी तथ्यांकअनुसार नौ महिनायता ४४ जिल्लाका १५५ जनामा कालाज्वर देखिएको छ । सन् २०१६ मा ४८ जिल्लामा कालाजार देखिएकामा दुर्इ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा ४९ जिल्लामा कालाज्वर देखिएकाे थियाे। पाँच जनाको मृत्यु भएको थियो। यी सबै मृत्यु पहाडी जिल्लामा भएको हो।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’