भेरी अस्पतालका तत्कालीन मेसुसहित आठै जना निर्दोष
नेपालगञ्ज : विशेष अदालत काठमाडौंले भेरी अञ्चल अस्पतालकाे भ्रष्टाचार मुद्दामा तत्कालीन मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर सुवेदीसहित आठ जनालाई सफाइ दिएको छ।
दुई वर्षदेखि चलेको मुद्दाको अदालतका न्यायाधीश बाबुराम रेग्मी र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले आठै जनालाई निर्दोष ठहर गरी सफाइ दिएको हो। भ्रष्टाचार गरेको कुनै प्रमाण नभएको अदालतले दाबी गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको विभिन्न शाखामा भ्रष्टाचार गरेको दाबीसहित वरिष्ठ बालरोग विशेषज्ञ एवं मेडिकल सुपरिटेन्डेन्ट सुवेदी, लेखा अधिकृत पदमबहादुर जिसी, लेखापाल मनिराम बर्मा, स्टोर प्रमुख माधव ज्ञवाली, हाउसकिपर शोभा पौडेल, स्टाफ नर्स हरिकला केसी सहित अाठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
आमा सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा एकाइ, स्टोर शाखा, पोषण पुन: स्थापना गृह र टीएडीए सुविधामा भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले उनीहरुलाई कारवाहीको माग गरेको थियो।
उनीहरुमाथि औषधी, सर्जिकल उपकरण, मसलन्द, मेसिनरी औजार खरिदमा र अस्पताल विकास समितिको रकम भ्रष्टाचार गरेको आरोप पनि अख्तियारले लगाएको थियो। आरोपीको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुरेशकुमार पौडेलले अख्तियारले आरोप लगाएअनुसार कुनै पनि प्रमाण पेश गर्न नसकेपछि अदालतले सफाइ दिएको बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’