निदान अस्पतालमा निःशुल्क बाथरोग शिविर

काठमाडौं, जेठ ३१– पुल्चोकस्थित निदान अस्पतालले बाथरोगीहरूका लागि नि:शुल्क बाथरोग शिविर आयोजना गर्ने भएको छ ।
शनिवार हुने शिविरमा नयाँ र पुराना बाथरोगीहरूका लागि औषधि र ल्याब टेस्टमा विशेष छुटको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । शिविरमा विशेषज्ञ चिकित्सकले परामर्श र जाँच गर्ने हुनाले मौकाको फाइदा उठाउन बिरामीहरुलाई अस्पतालले अनुरोध गरेको छ । बाथरोग समयमै उपचार गरे नियन्त्रण गर्न सकिए भए पनि धेरै बिरामी उपचार बाहिर रहेको भन्दै त्यस्ता बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गर्न लागिएको अस्पतालको भनाइ छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल