दुनैमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर

डोल्पा : सदरमुकाम दुनैमा नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने शिविरमा जनरल मेडिसिन, नाक, कान, घाँटी, आँखा, हाडजोर्नी, छाला, बालरोग,स्त्रीरोग लगायतको नि:शुल्क उपचार थालिएको हो।
जिल्ला अस्पताल, दुनैमा आयोजित शिविरमा सामान्य शल्यक्रियासमेत गरिनेछ। जिल्ला अस्पताल र एक–एक पाइला काठमाडौंको आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा रक्तपरीक्षण, दन्तरोग, एचआईभी परीक्षण तथा परामर्शसमेत दिइएको छ।
शिविरमा बिरामीको घुइँचाे बढेपछि दैनिक दुई हजार जनालाई टोकन वितरण गर्ने गरिएको छ। शिविरमा सबैभन्दा बढी स्त्रीरोगका बिरामी आएको र महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको चिकित्सकले बताए।
चिकित्सकका अनुसार दुर्गम तथा ग्रामीण भेगका विपन्न नागरिकलाई गुणस्तरीय उपचार प्रदान गर्न शिविर आयोजना गरिएको एक–एक पाइलाका अध्यक्ष सुमनशमशेर थापाले बताए।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा