पतञ्जलीले नेपालमा आयुर्वेद तथा योग विश्वविद्यालय खोल्ने
काठमाडाैं : पतञ्जली योगपीठले नेपालमा आयुर्वेद तथा योग विश्वविद्यालय स्थापना गर्ने भएको छ। पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवं प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योग विश्वविद्यालय स्थापना गर्न लागेकाे जानकारी दिएका हुन्।
मण्डिखाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिए।
प्रतिभाशाली बालबालिकाहरूलाई अघि बढाउन नेपालमा स्पोर्टस् विद्यालय स्थापना गर्ने सोच पनि बनाएको अध्यक्ष बालकृष्णले बताए। नेपाली मूलका आचार्य बालकृष्णले पतञ्जली योगपीठले नेपाललाई आयुर्वेद र योगको माध्यामबाट समृद्ध र स्वच्थ बनाउन चाहेको पनि बताए। बालकृष्णले नेपालमा जडिबुटी खेती गरेर नेपालमा रोजगारीको पर्याप्त अवसर सृजना गर्न केन्द्रित रहेको दाबी गरे।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण