Health TV Online
Health TV Online
Health TV Online

गर्भपतन परिवार नियोजनको साधन होइन

गर्भपतन परिवार नियोजनको साधन होइन

अपरिपक्व भ्रूणलाई विभिन्न प्रक्रियाबाट बाहिर निकाल्ने प्रक्रिया हो, गर्भपतन। गर्भपतन कुनै पनि जीवनको अन्त्य होइन बरु, यो महिलाको स्वास्थ्य र जीवनमा पर्नसक्ने अनेकौँ समस्या कम गर्न वा आमाको शारीरिक एवं मानसिक स्वास्थ्यको संरक्षण गर्न अन्तिम विकल्प हो। यो पाप नभई महिलाको सम्मानपूर्वक बाँच्न र विकास हुन पाउने अधिकारको संरक्षण हो।

कतिपय मानिस के ठान्छन् भने गर्भपतन महिलासँग मात्र सम्बन्धित विषय हो, यसमा पुरुषको कुनै सरोकार रहँदैन। तर गर्भपतन महिलासँग मात्र सम्बन्धित विषय होइन। गर्भपतन महिला र पुरुष दुवैसँग सम्बन्धित छ। महिला तथा पुरुषको यौन सम्बन्धद्वारा मात्र गर्भधारण हुने भएकाले, गर्भपतन दुवै महिला तथा पुरुषसँग सम्बन्धित छ। यद्यपि गर्भ महिलाकै शरीरमा हुने हुनाले, गर्भपतन गराउने वा नगराउने भन्ने निर्णय गर्ने अधिकार उनको हुन्छ।

गर्भपतन परिवार नियोजनको साधन होइन। यदि पुरुष वा परिवारले महिलालाई परिवार नियोजनको साधनको रूपमा गर्भपतन गर्न वा गराउन बाध्य गराउँछ भने त्यो अपराध हो। गर्भपतन गराउने महिलाहरू चरित्रहीन होइनन्। यो अनिश्चित गर्भधारणबाट उत्पन्न हुने बाध्यकारी अवस्था हो, यसमा महिला र पुरुष दुवै जिम्मेवार हुन्छन्। यसमा महिलालाई मात्र लाञ्छना लगाउनु अन्याय हो। अपराध हो।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’