Health TV Online
Health TV Online
Health TV Online

बझाङमा स्वास्थ्य बिमा गराउने बढे

बझाङमा स्वास्थ्य बिमा गराउने बढे

बझाङ : जिल्लामा २०७५ वैशाख मसान्तमा शुरु भएको स्वास्थ्य बिमामा असार मसान्तसम्म दुई हजार ३६३ परिवारका करिब १२ हजार १२९ व्यक्ति आबद्ध भएका छन्।

१२ वटै स्थानीय तहमा ९१ स्वास्थ्य बिमा दर्ता सहयोगी घर दैलोमा पुगी बिमा गराउन खटिरहेको स्वास्थ्य बिमा बाेर्ड जिल्ला कार्यालयले जनाएको छ। स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालयको तथ्याङ्कअनुसार बझाङमा एक हजार ८५३ अति गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ। ५१० परिवार शुल्क तिरेर स्वास्थ्य बिमामा आबद्ध भएका छन्।

एकै परिवारका पाँच सदस्य बराबर वार्षिक दुई हजार ५०० रुपैयाँ  तिरेर बिमा गर्नुपर्ने र पाँच भन्दा बढी सदस्य भएको परिवारमा ४२५ का दरले योगदान रकम लाग्ने बिमा बोर्डले जनाएको छ। एकै परिवारका पाँच जना बराबर बिरामी भए स्वास्थ्य बिमा बोर्ड कार्यक्रमले प्रतिपरिवार वार्षिक ५० हजार बराबरको औषधी उपचारको सहुलियत पाउने व्यवस्था छ।

नेपालको संविधानले स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा प्रत्याभूति गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा