बझाङमा स्वास्थ्य बिमा गराउने बढे
बझाङ : जिल्लामा २०७५ वैशाख मसान्तमा शुरु भएको स्वास्थ्य बिमामा असार मसान्तसम्म दुई हजार ३६३ परिवारका करिब १२ हजार १२९ व्यक्ति आबद्ध भएका छन्।
१२ वटै स्थानीय तहमा ९१ स्वास्थ्य बिमा दर्ता सहयोगी घर दैलोमा पुगी बिमा गराउन खटिरहेको स्वास्थ्य बिमा बाेर्ड जिल्ला कार्यालयले जनाएको छ। स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यालयको तथ्याङ्कअनुसार बझाङमा एक हजार ८५३ अति गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ। ५१० परिवार शुल्क तिरेर स्वास्थ्य बिमामा आबद्ध भएका छन्।
एकै परिवारका पाँच सदस्य बराबर वार्षिक दुई हजार ५०० रुपैयाँ तिरेर बिमा गर्नुपर्ने र पाँच भन्दा बढी सदस्य भएको परिवारमा ४२५ का दरले योगदान रकम लाग्ने बिमा बोर्डले जनाएको छ। एकै परिवारका पाँच जना बराबर बिरामी भए स्वास्थ्य बिमा बोर्ड कार्यक्रमले प्रतिपरिवार वार्षिक ५० हजार बराबरको औषधी उपचारको सहुलियत पाउने व्यवस्था छ।
नेपालको संविधानले स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा प्रत्याभूति गरेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’