सानीभेरी गाउँपालिकामा आधुनिक ल्याब र एक्सरे सेवा

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आधुनिक ल्याब तथा एक्स–रे सेवा सञ्चालनमा ल्याएको छ। ल्याब र एक्स–रे सेवा प्रतिनिधिसभाका सांसद एवं नेकपाका नेता जनार्दन शर्माले शनिबार उद्घाटन गरे।
चुनावको बेला जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये एउटा प्रतिबद्धता पूरा भएको शर्माले बताए। ‘हामीले चुनावमा गरिएका धेरैमध्ये एक प्रतिबद्धता पूरा गरेका छौँ’, उनले भने, ‘अब यहाँका नागरिकले ल्याब र एक्सरे सेवाका लागि टाढा जानुपर्ने र यसकै लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको छ।’
गाउँपालिकावासीलाई स्थानीय तहमै भरपर्दो स्वास्थ्य सेवा दिने अभियानअन्तर्गत ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको १५ लाख रूपैयाँबाट ल्याब र एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा