Health TV Online
Health TV Online
Health TV Online

तत्कालीन एसपी विष्टसहित तीनैजनाकाे डीएनए ‘म्याच’ भएन

तत्कालीन एसपी विष्टसहित तीनैजनाकाे डीएनए ‘म्याच’ भएन

काठमाडाैं :  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भएको आशंकामा अनुसन्धानको दायरामा रहेका निलम्बित एसपी डिल्लीराज विष्टलगायत तीनैजनाको ‘डीएनए म्याच’ नभएको रिपोर्ट आएको छ।

एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेस्ट गरिएको थियो। अनुसन्धानका क्रममा काठमाडौंस्थित केन्द्रीय विधिविज्ञान प्रयोगशालामा डीएनए परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

कञ्चनपुर भीमदत्तनगरपालिका–२ महुलीयाकी निर्मला गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी थिइन्। उनी त्यसको दोस्रो दिन अर्थात् साउन ११ गते बलात्कार गरी हत्या गरिएकाे उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटना भएको २४ दिनपछि भदौ ४ गते  निर्मलाकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वर्षीय दिलिपसिंह विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गरेकाे थियाे। अनुसन्धानका क्रममा उनकाे डीनए पनि म्याच भएन।

निर्मला पन्तको बलात्कार र हत्याकाे छानविनका लागि गठित सहसचिव हरि मैनाली नेतृवत्को समितिको सुझावपछि गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, छोरा किरण र आयुषको डीएनए परीक्षण गर्न निर्देशन दिएका थिए । 

तस्विर :  डिल्लीराज विष्टकाे फेसबुक

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा