Health TV Online
Health TV Online
Health TV Online

ग्रान्डीमा सुनाइयाे मुटु जोगाउन अपनाएका अनुभव

ग्रान्डीमा सुनाइयाे मुटु जोगाउन अपनाएका अनुभव

काठमाडाैं : मुटुरोगबारे जनचेतना फैलाउन ग्रान्डी इन्टरनेशनल हस्पिटलले विभिन्र क्षेत्रका व्यक्तिहरूसँग अन्तरक्रिया गरेको छ। सरकारी उच्च पदमा रहेकाहरू, चिकित्सक तथा सेलिब्रेटीले ‘मुटु जोगाउन अपनाउने उपायकाे अनुभव साटासाट गर्न शनिवार अस्पताल परिसरमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि थिए। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, समाजसेवी सृजना राणा, हाडजोर्नी विशेषज्ञ डा.चक्रराज पाण्डे लगायतले आफ्नो मुटु जोगाउन अपनाएका अनुभव साटे।

कार्यक्रममा मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले धेरै नेपाली मुटुरोगको जोखिममा रहेकाले यसबाट बच्न बेलैमा सचेत हुन आग्रह गरे। नियमित व्यायाम गर्ने, चुरोट, मदिरा नलिने र खानपानमा ध्यान दिन उनले सुझाव दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा