गुल्मीमा दुई दिने मुटु शिविर

गुल्मी : विश्व मुटु दिवसको अवसर पारेर गुल्मीको सदरमुकाम तम्घासमा दुई दिने मुटु शिविर शुरु भएको छ। लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धको आयोजनामा शिविर गरिएको हो।
पहिलो बृहत शिविरमा दुई हजार भन्दा बढीको मुटु परीक्षण गर्ने र उनीहरूलाई आवश्यक सेवा दिने लक्ष्य लिएको आयोजकले जनाएकाे छ।
उक्त शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीलगायत ३० जना विशेषज्ञ सहभागी छन्।
शुक्रबारबाटै शिविर शुरु भए पनि औपचारिक उद्घाटन भने गृहमन्त्री रामबहादुर थापाले शनिबार गर्ने कार्यक्रम छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा