विश्व मुटु दिवसको अवसरमा प्रभातफेरी

काठमाडौं : विश्व मुटु दिवसको अवसर पारेर नर्भिक अस्पतालले प्रभातफेरी कार्यक्रम गरेको छ।
प्रभातफेरीमा नर्भिक अस्पतालका मुटुरोग विभागका प्रमुख प्रा.डा. यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञ, कर्मचारी, मुटुरोगको उपचार गराएकाहरूकाे सहभागिता थियाे।
प्रभातफेरी बिहान ७ अस्पताल प्राङ्गणबाट सुरु भई बबरमहल, अनामनगर, थापागाउँ, मध्यबानेश्वर, अनामनगरबाट बबरमहल हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो। मुटुराेगबारे जनचेतना जगाउन विविध कार्यक्रम गर्दै अाएकाे अस्पतालका मुटुराेग विभागका प्रमुख भट्टले जानकारी दिए।
विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि सेप्टेम्बर २९ मा मुटुरोग दिवस मनाउन थालिएकाे हाे। विश्व मुटु महासंघका अनुसार विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा यो दिवस मनाइन्छ।
महासंघले सन् २००५ मा निकालेकाे तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष एक करोड ७५ लाखभन्दा बढी मानिसहरूले मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा