नेपाल क्यान्सर हस्पिटल र लायन्स क्लबबिच सहकार्य

काठमाडौं: ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र लायन्स क्लब डिस्ट्रीक्ट ३२५ (बी १) बिच सहकार्यको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा नेपाल क्यान्सर हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ तथा लायन्स क्लबका तर्फबाट लायन अशोक कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले लायन्स क्लब ३२५ (बी १) का सदस्यहरुलाई उपचारमा विशेष छुट प्रदान गर्नेछ । यसका साथै जनचेतानामूलक कार्यक्रम गर्दा दुबै संगठनले सहकार्य गरी कार्यक्रम गर्ने पनि सहमति गरिएको अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले जानकारी दिए ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा