Health TV Online
Health TV Online
Health TV Online

जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायीलार्इ समस्या

जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायीलार्इ समस्या

जाजरकोट : जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी समस्यामा परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापित त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र १८ वर्षदेखि बन्द छ।

विश्व वन्यजन्तु कोष नेपाल, बीएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा १९ लाख रुपैयाँमा स्थापना गरिएको सो केन्द्र दुई वर्षसम्म मात्र सञ्चालनमा आएको थियो । जटामसी, समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्ने गरिएको थियो । जडीबुटी सङ्कलन र प्रशोधन जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो।

जडीबुटी प्रशोधन गर्ने क्रममा वन जंगल मासिन थालेपछि इन्धनको अभावका कारण प्रशोधन केन्द्र बन्द भएको थियो । उद्योग सञ्चालन गर्न स्थानीय तहले चासो नदेखाएको स्थानीयकाे अाराेप छ। ‘थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो’, जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भने, ‘अहिले जडीबुटी अन्यत्र लैजाँदा समस्या भएको छ।’

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाले बन्द प्रशोधन केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले  ५० लाख रूपैयाँ विनियोजन गरेको बताए। आवश्यक उपकरणको व्यवस्था गरी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको उनकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा