महाेत्तरीमा झाडापखालाले थप एकजनाको मृत्यु
महोत्तरी : जलेश्वर नगरपालिका– १२, नैन्हीमा फैलिएको झाडापखालाको कारण एकजनाको मृत्यु भएको छ। ६० वर्षीया आइसा खातुनको मृत्यु भएको हो।
६० वर्षीया खातुनलाई आइतबार गाउँमा सञ्चालित शिविरमा उपचारका लागि ल्याइएको थियो। शिविरमा उपचार सम्भव नभएपछि अञ्चल अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए।
झाडापखालाकै कारण यसअघि चार वर्षीया बालिकाको मृत्यु भएको थियो।
बस्तीमा करिब तीन सातादेखि बस्तीमा फैलिएकाे झाडापखाला अझैसम्म नियन्त्रणमा आउन सकेको छैन। प्रभावितहरूको उपचार स्थानीय मदरसामा भुइँमा राखेर भइरहेको छ।
जनस्वास्थ्य कार्यालयले बस्तीमा भएको झाडापखालाबाट मृत्यु भएको सूचना लुकाउने गरेका कारण मृतकबारे ढिलो सूचना आएको बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण