Health TV Online
Health TV Online
Health TV Online

डा. केसी फेरि अनशन बस्ने

डा. केसी फेरि अनशन बस्ने

काठमाडौं : डा.गोविन्द केसीले १६औं पटक अनशन बस्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षामा सुधार माग राखेर १५ पटकसम्म अनसन बसेका केसी सरकारले विगतमा आफूसँग गरेका सहमति तोडेको भन्दै अनशन बस्न लागेका हुन्।

केसीले बुधबार प्रेस विज्ञप्ति जारी गरी संसद्को जारी अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए अनशन बस्ने बताएका छन्। ‘संसद्को यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्नेदेखि लिएर सबै सम्झौता कार्यान्वयन नभए नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेलाई जवाफदेही बनाउनेलगायत माग राखी १६ औं सत्याग्रह सुरु गर्न बाध्य हुनेछु’, विज्ञप्तिमा भनिएको छ। संसद्को बर्खे अधिवेशन बिहीबार नै अन्त्य हुँदैछ।

केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार उदासीन बनेको आरोप लगाएका छन्। सरकारले चिकित्सा शिक्षा अध्यादेशमा भएका जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर नेता र माफियाको स्वार्थ पूरा गर्ने गरी विधेयक प्रस्तुत गरेको भन्दै दुई महिनाअघि पनि अनशन बसेको स्मरण गराउँदै केसीले अझै पनि माफियाको स्वार्थ पूरा गर्ने खेल भए फेरि पनि अनशन बस्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा