२५ शय्याकाे अस्पताल सञ्चालन

रुकुम : पश्चिम रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले २५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले वडा नम्बर ९ राडीबजारमा मा विभिन्न सेवासहित अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल स्थापनाका लागि हालसम्म एक करोड रुपैयाँभन्दा बढी खर्च भएको नगरपालिकाले जनाएको छ।
अस्पतालबाट एक्सरे, अल्ट्रासाउण्ड, ल्याब परीक्षण, फार्मेसी, इसिजी, प्रसूतिसहितका सेवा उपलब्ध हुने नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए। अस्पतालमा एम्बुलेन्स सेवा समेत उपलब्ध छ ।
अस्पतालका लागि २० जना स्वास्थ्यकर्मी तथा कर्मचारी नियुक्त गरिएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा