Health TV Online
Health TV Online
Health TV Online

मदिराकै कारण ज्यान गुमाउँछन् बर्सेनि ३० लाख मानिस

मदिराकै कारण ज्यान गुमाउँछन् बर्सेनि ३० लाख मानिस

जेनेभा :  मदिरा सेवन गरेर संसारमा हरेक वर्ष ३० लाख भन्दा बढीको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ।  यो सङ्ख्या विश्वभर एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरूको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक वर्ष २० जनामध्ये एकको मृत्यु मदिराका कारण हुने गरेको उल्लेख गरेको छ।  मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरूको सङ्ख्या यसमा जोडिएको छ।

झण्डै पाँच सय पृष्ठ लामो प्रतिवेदनमा मृत्यु भएकामध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुने गरेको पाइएको उल्लेख छ।

एजेन्सी

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा