Health TV Online
Health TV Online
Health TV Online

साढे तीन महिनामै परिवर्तन भए मेडिकल सुपरिटेन्डेन्ट

साढे तीन महिनामै परिवर्तन भए मेडिकल सुपरिटेन्डेन्ट

काठमाडौं : सरकारले भेरी अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन (मेसु) परिवर्तन गरेको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. रूपानन्द अधिकारीलाई भेरी अञ्चल अस्पतालको मेसु नियुक्त गर्ने निर्णय गरेका हुन्।

गत १६ जेठमा तत्कालीन स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले  डा. प्रकाश थापालाई अस्पतालको मेसु नियुक्त गरेका थिए।

यसअघि स्वास्थ्यमन्त्री यादवले भरतपुर अस्पतालका मेसु समेत परिवर्तन गरेका थिए। साढे तीन महिना अघि मेसु बनेका डा. रविन खड्कालाई हटाएर डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा