साढे तीन महिनामै परिवर्तन भए मेडिकल सुपरिटेन्डेन्ट
काठमाडौं : सरकारले भेरी अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन (मेसु) परिवर्तन गरेको छ। उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. रूपानन्द अधिकारीलाई भेरी अञ्चल अस्पतालको मेसु नियुक्त गर्ने निर्णय गरेका हुन्।
गत १६ जेठमा तत्कालीन स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. प्रकाश थापालाई अस्पतालको मेसु नियुक्त गरेका थिए।
यसअघि स्वास्थ्यमन्त्री यादवले भरतपुर अस्पतालका मेसु समेत परिवर्तन गरेका थिए। साढे तीन महिना अघि मेसु बनेका डा. रविन खड्कालाई हटाएर डा. कृष्णप्रसाद पौडेललाई नियुक्त गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण