भारतमा संक्रमण घट्दै : आज ५८ दिन यताकै सबैभन्दा कम संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ५८ दिन यताकै सबैभन्दा कम कोरोना संक्रमित फेला परेका छन्।
गत २४ घण्टामा त्यहाँ १ लाख २० हजार जनामा संक्रमण पुष्टि भएको हो । यो करिब २ महिना यताको सबैभन्दा कम संक्रमित हो । नयाँ संक्रमण कम भए पनि भारतमा मृत्युदरमा भने खासै कमी आएको छैन्।
गत २४ घण्टामा पनि त्यहाँ ३ हजार ३८० जनाको मृत्यु भएको बताइएको छ । कोरोनाको दोस्रो लहरमा भारत धेरै नै प्रभावित भएको छ ।
भारतमा हालसम्म २ करोड ८६ लाख ९४ हजार ८७९ जनामा कोरोना पुष्टि भइसकेको छ भने ३ लाख ४४ हजार ८२ जनाको मृत्यु भइसकेकोे छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड