Health TV Online
Health TV Online
Health TV Online

प्रसूतिकाे ‘स्याटेलाइट क्लिनिक’

प्रसूतिकाे ‘स्याटेलाइट क्लिनिक’

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीमा ‘स्याटेलाइट क्लिनिक’ सञ्चालनमा ल्याएको छ।

ललितपुर जिल्लाका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले भैँसेपाटीमा स्याटेलाइट क्लिनिक सञ्चालनमा ल्याएको हो। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डा. जागेश्वर गौतमले देशकै एक मात्र महिला तथा प्रसूतिसम्बन्धी सरकारी अस्पतालमा बिरामीको चाप व्यवस्थापन गर्न स्याटेलाइट क्लिनिक शुरु गरिएको जानकारी दिए।

ओपीडी सेवा मात्र सञ्चालन हुने क्लिनिकमा दैनिक ५० जनासम्मले सेवा लिने गरेका छन्।

अस्पतालका अनुसार स्याटेलाइट क्लिनिकमा स्त्री तथा प्रसूति, बालरोग, रेडियोलोजी सेवा, अल्ट्रासाउण्ड, ल्याब परीक्षण लगायत सुविधा छन् । क्लिनिकमा चिकित्सक, नर्स, ल्याब टेक्निसिएन लगायत १० स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेको गाैतमले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा