पखालाले मुस्लिम बस्ती प्रभावित

बर्दिवास : महोत्तरीको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आउन सकेको छैन।
असोज महिनाको शुरुदेखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रणमा आउननसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु भएको थियो। लगत्तै बस्तीमै दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले सघन उपचार थाले पनि अझै नियन्त्रण हुन नसकेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजीव झाले जानकारी दिए।
नैन्हीको स्वास्थ्य चौकी र त्यहीँकै मदर्सासहित दुई ठाउँमा शिविर नै राखेर सघन उपचार शुरु गरिएको कार्यालयले जनाएको छ। दुवै ठाउँ गरी २१० जना पखालाबाट प्रभावित भएका स्वास्थ्य टोलीमा खटिएका जिल्ला स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए।
करीब ३०० घरधुरीको मुस्लिम बस्तीमा ससाना नानी र किशोर उमेरका बढी प्रभावित पाइएका छन्। गर्भवती र सुत्केरी महिला पनि प्रभावित पाइएका स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए। बस्तीमा घर वरपरको सरसफाइ र खानपानमा सचेतता नअपनाइँदा समस्या नियन्त्रणमा आउन ढिला भएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा