राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने
काठमाडाैं : दाङको राप्ती उपक्षेत्रीय अस्पताल अब स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएको छ। स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पतालकाे अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गरिने भएको हो। आइतबार जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गर्ने सहमति गरेको हो।
नेपाल पत्रकार महासङ्घ, नागरिक समाज दाङ, जिल्लाका विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार रामप्रसाद प्याकुरेल, उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा.जनार्दन पन्थीसहितको सर्वदलीय सर्वपक्षीय बैठकले यही असोज १२ गतेभित्र अस्पताल हस्तान्तरणका काम सम्पन्न गर्ने निर्णय गरेको हो।
बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपक्षेत्रीय अस्पतालको सम्पूर्ण दायित्व र सम्पत्तिसहित समाहित गर्न कार्यक्रम गरेर हस्तान्तरण गर्ने र प्रतिष्ठान मातहत अस्पताल हस्तान्तरण भए पछि त्यसको स्वास्थ्य अवस्था थप मजबुत बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’