अन्नपूर्ण न्यूरो अस्पतालले ‘साइको सर्जरी’ शुरु गर्ने

काठमाडौं : अन्नपूर्ण न्यूरो अस्पतालले ‘साइको सर्जरी’ शुरु गर्ने भएको छ। ‘सिभियर डिप्रेसन’का बिरामीलाई लक्षित गर्दै यो किसिमको सर्जरी शुरु गर्न लागिएको हो।
याेसँगै ड्रग एडिक्ट र ओसीडी अर्थात् एउटै काम बारम्बार गरिरहने बिरामीका लागि सर्जरी शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा.बसन्त पन्तले बताए। न्यूरो सर्जरीमा जटिल मानिने यो सर्जरी छिटै शुरु हुने पनि उनले जानकारी दिए।
पार्किन्सन्सको ‘डीप ब्रेन स्टिमूलेसन सर्जरी’ नेपालमै पहिलोपटक अन्नपूर्ण न्यूरो अस्पतालले चार वर्षअघि शुरु गरेको थियो । यही प्रविधिमार्फत साइको सर्जरी, ओसीडी र ‘ड्रग एडिक्ट’को सर्जरी गर्न सकिने डा. पन्तले बताए।
‘नेपालमा यो सर्जरी शुरु भयो भने हामी न्यूरो सर्जरीमा अन्य विकसित देशभन्दा पनि धेरै अगाडि हुनेछौँ’, उनले भने। यही प्रविधिमार्फत अस्पतालले ३० जना भन्दा बढी बिरामीको पार्किन्सन्सको शल्यक्रिया गरिसकेको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा