अन्नपूर्ण न्यूरो अस्पतालले ‘साइको सर्जरी’ शुरु गर्ने
काठमाडौं : अन्नपूर्ण न्यूरो अस्पतालले ‘साइको सर्जरी’ शुरु गर्ने भएको छ। ‘सिभियर डिप्रेसन’का बिरामीलाई लक्षित गर्दै यो किसिमको सर्जरी शुरु गर्न लागिएको हो।
याेसँगै ड्रग एडिक्ट र ओसीडी अर्थात् एउटै काम बारम्बार गरिरहने बिरामीका लागि सर्जरी शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा.बसन्त पन्तले बताए। न्यूरो सर्जरीमा जटिल मानिने यो सर्जरी छिटै शुरु हुने पनि उनले जानकारी दिए।
पार्किन्सन्सको ‘डीप ब्रेन स्टिमूलेसन सर्जरी’ नेपालमै पहिलोपटक अन्नपूर्ण न्यूरो अस्पतालले चार वर्षअघि शुरु गरेको थियो । यही प्रविधिमार्फत साइको सर्जरी, ओसीडी र ‘ड्रग एडिक्ट’को सर्जरी गर्न सकिने डा. पन्तले बताए।
‘नेपालमा यो सर्जरी शुरु भयो भने हामी न्यूरो सर्जरीमा अन्य विकसित देशभन्दा पनि धेरै अगाडि हुनेछौँ’, उनले भने। यही प्रविधिमार्फत अस्पतालले ३० जना भन्दा बढी बिरामीको पार्किन्सन्सको शल्यक्रिया गरिसकेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण