यो वर्ष एक हजार २०० वडामा स्वास्थ्यचौकी बन्ने

चौतारा : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले यो वर्ष एक हजार २०० वडामा स्वास्थ्यचौकी निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्।
सिन्धुपाल्चोकको चौतारा अस्पताल हाताभित्र शनिबार अमेरिकी मेडिकल फाउण्डेशनको दुई प्री फ्याव भवन उद्घाटन गर्दै राज्यमन्त्री यादवले दुई हजार ३०० वडामा अझै स्वास्थ्यचौकी नभएको बताए।
उनले औषधि अभाव हुन नदिन आवश्यक बजेट सबै नगरपालिका र गाउँपालिकामा निकासा पठाइसकेको भन्दै उनले कर्मचारीको व्यवस्था गर्न मन्त्रालय लागिपरेको दाबी गरे।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने