उपचारका क्रममा ७१ बालबालिकाको मृत्यु
बहराइच (भारत) : भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती शहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ।
अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टि गरे। ‘ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो’, उनले भने।
सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको उनले बताए।भने, ‘हामीसँग अहिले २०० शय्या छ तर, ४५० भन्दा बढी बिरामी भर्ना हुन्छन्।’
गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा ६० जनाभन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण