चार वधशालामा सरकारी सिल
काठमाडौं : अस्वस्थकर मासु तयार गर्ने ललितपुरका चार वटामा वधशालामा सरकारले प्रतिबन्ध लगाएकाे छ।
कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र ललितपुर महानगरपालिकाको संयुक्त टोलीले शुक्रबार बिहान वधशालाको स्थलगत अनुगमन गर्ने क्रममा चार वटा सिलबन्दी गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले स्वास्थ्यका लागि उक्त मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताए ।
आरके मिट सप, ए वान मिट सप तथा देव खड्गी र सुनिल शाहीले सञ्चालन गरेका वधशालामा शिलबन्दी गरिएको हाे। लक्ष्मी मिट सपलाई भने सचेत गराइएको छ। अधिकांश वधशालामा कुहिएका मासु पाइएको थियो। त्यही मासुलाई बजारमा बेच्न लैजाने गरेको पाइएको थियो।
अनुगमन गरिएका पाँचमध्ये न्यूनतम मापदण्ड पूरा नगर्ने चार वटामा शिलबन्दी गरिएको र एउटालाई सचेत गराइएको कृषिमन्त्री चक्रपाणि खनालका प्रेस संयोजक बाेमलाल गिरीले जानकारी दिए।
काटेको मासु नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल