मध्यपुरका सर्वसाधारणलार्इ नि:शुल्क स्वास्थ्य सेवा

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाले सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। नेपाल सरकारबाट नेपाल–कोरिया मैत्री अस्पताल सञ्चालनको पूर्ण स्वामित्व पाएको नगरपालिकाले अस्पतालको सेवा सुविधा विस्तार गरी मध्यपुर थिमीवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी थालेको हो।
संविधान दिवसको अवसर पारेर बुधबार आयोजित रेडियोलोजी ब्लक निर्माणको शिलान्यास र अस्पतालमा फार्मेसी सेवा शुरू गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आगामी पाँचदेखि सात वर्षभित्र मध्यपुर थिमि नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका हुन्।
उनले अस्पतालले प्रस्तुत गरेको योजना सञ्चालनका लागि नगरपालिकाले सात करोड सहुलियत दरमा ऋण, एक करोड रुपैयाँ अनुदान र करिब ५० लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने निर्णय भएको बताए। अस्पतालमा बिरामीहरूको चाप वृद्धि भएसँगै उनीहरूलाई औषधी खरिदमा समेत सहुलियत प्रदान गर्न फार्मेसी सञ्चालन गरेको उनले बताए।
अस्पतालमा दुईवटा एम्बुलेन्स थप्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए। अस्पतालको सेवा सुविधा प्रभाकारी ढंगले सञ्चालन गर्न कर्मचारी दरबन्दी मिलान, तलब र सेवा सुविधासमेत वृद्धि गरेको उनले बताए।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने