महाराष्ट्रमा एकैदिन २५ हजार बढी नयाँ संक्रमित फेला, १९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतको महाराष्ट्रमा कोरोना संक्रमण फेरी तीब्र गतिमा बढ्न थालेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार महराष्ट्रमा मात्रै २५ हजार ८३३ जना नयाँ संक्रमित फेला परेका हुन्। यसैगरी बिहिबार १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या सेप्टेम्बरपछिको एकैदिन धेरै देखिएको बढी संख्या र मृत्यु रहेको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सेप्टेम्बरमा एकै दिन महाराष्ट्रमा २४ हजार ८८६ जना संक्रमित फेला परेका थिए ।
अहिले महाराष्ट्रमा मात्रै ८ लाख १३ हजार २११ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ७९ जना संस्थागत आइसोलेसनमा रहेको बताइएको छ । केही दिन यता महाराष्ट्रको मुम्बई, पुणे, नागपुर हटस्पट बनिरहेका छन् । उता ठाणे, नासिक, औरंगाबाद, अमरावती, अकोला और नंदूरबार जस्ता शहरमा पनि कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ ।
अर्कोतिर भारत सरकारले जनवरीदेखि कोरोना विरुद्धको खोप अभियान पनि जारी राखेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा