भारतको महाराष्ट्रमा फेरी बढ्यो कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन : भारतको महाराष्ट्रमा फेरी कोरोना संक्रमण बढिरहेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या पुन बढ्न थालेपछि नयाँ मापदण्ड जारी गरेको छ । नयाँ मापदण्ड बमोजिम रेष्टुरेन्ट, विवाह, अन्तिम संस्कार जस्ता कार्यमा मानिसहरुको भिड गर्न पाइने छैन्।
यसका साथै स्वास्थ्यका मापदण्ड जस्तै मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गरिरहने जस्ता कार्य गर्न नछोड्न समेत आग्रह गरिएको छ । विवाहमा ५० जना भन्दा बढी जम्मा हुन नपाउने र अन्तिम संस्कारमा २० जना भन्दा बढी सहभागी हुन नपाउने निर्देशिका जारी गरिएको छ । सपिङ मल र रेष्टुरेन्टहरुमा पनि भिडभाड गर्न नपाइने जनाइएको छ । महाराष्ट्रमा यसअघि संक्रमण दर कम भएपछि सबै खुला गरिएको थियो ।
फेरी संक्रमण फैलिन थालेपछि सरकारले सावधानी लिएको हो । महाराष्ट्रमा सोमबार मात्रै १५ हजार ५१ जना नयाँ संक्रमित फेला परेका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य