मलेसियामा विषाक्त मदिराले ६ नेपालीकाे मृत्यु, १७ जनाकाे उपचार हुँदै
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ भने १७ जना गम्भीर बिरामी परेका छन्।
बसेरी–३ धादिङका मिमबहादुर घले, मसिना–६ रुपन्देहीका रामकुमार यादव, अमरगढी–५ डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९ सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुंग र ठेगाना नखुलेका आइत सिंह गोलेकाे मृत्यु भएकाे हाे।
उनीहरू मलेसियाको सेलेंगर शहरमा रोजगारीका क्रममा थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले बताए। सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको हाे। मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार साेही अस्पतालमा भइरहेको छ।
त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ। अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए। व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक\एक जनाको उपचार भइरहेको छ।
विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको खरेलले बताए।
मृत्यु हुनेमा नेपालबाहेक म्यानमार, बंगलादेश र भारतका नागरिक पनि छन्। उनीहरुले मण्डाली ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की सेवन गरेको पाइएको र परीक्षणका लागि तीनवटै ब्राण्डका मदिराको नमुना संकलन गरिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिरामीहरुमा पेट दुख्ने, रिंगटा लाग्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने र अचेत हुने लक्षण देखिएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’