Health TV Online
Health TV Online
Health TV Online

मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

काठमाडौं : ललितपुरको भैँसेपाटीमा रहेको नेपाल मेडिसिटी र ललितपुरस्थित गणेशमान मेमोरियल अस्पतालबीच जटिल रोगको उपचारमा सहकार्य गर्ने सम्झौता भएको छ।

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले आइतबार  औपचारिक रूपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आएको छ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले याे सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताए। दुर्इ अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पार्ने उनकाे भनाइ छ।

गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङले प्रविधि, पूर्वाधार र चिकित्सकीय दृष्टिकोणमा अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्ने बाटो फराकिलो बनेको भन्दै  खुशी व्यक्त गरे।

सम्भव भएका उपचार गणेशमान मेमोरियल अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य हुने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा