न्याम्सको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस
काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्रीको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ मध्ये उत्कृष्ट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
६ जना लाई कार्ययोजनासहितको प्रस्तुति गर्न लगाइएको थियो । तीमध्ये एक नम्बरमा डा.डीएन शाह, दुई नम्बरमा डा.ढुण्डी पौडेल र तेस्रो नम्बरमा डा.अजित रायमाझी परेका छन्। उपकुलपति छनोटका लागि बनेको समितिले शुरुमा २२ जनाको निवेदन परेकोमा ६ जना छानिएका थिए।
छनोट समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा र स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण