दुर्इ सरकारकाे चेपुवामा स्वास्थ्यकर्मी
बैतडी : संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी मारमा परेका छन्। गत भदौ १७ गते कर्मचारी जिल्लाबाट अन्यत्र सरुवा भए पनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले पत्र उपलब्ध गराएको छैन।
कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मीलाई समस्या भएको छ। स्वास्थ्य सेवा विभागले सरुवा गरे पनि स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमानेको कर्मचारीको आरोप छ।
‘सरुवा भए पनि अन्योलमा छौँ’, दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले भने। गाउँपालिकाले समेत सहमति दिएको अवस्थामा जिल्लाले रोकेको उनकाे गुनासो छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जगदीशचन्द्र विष्ट विभागबाट सरुवा गरिएकोबारे आधिकारिक पत्र प्राप्त नभएको बताए।
प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले बैतडीमा मात्र नभर्इ प्रदेशभरिका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीलाई सरुवापत्र नदिन निर्देशन दिएको बताउनुभयो । उनका अनुसार तीन हजार १७७ स्वास्थ्यकर्मीको दरबन्दी भएको प्रदेश ७ मा झण्डै २०० पद रिक्त छ।
डा.अवस्थीले संघीय सरकारले प्रदेश ७ बाट सरुवा मात्रै गरेको र अन्यत्रबाट यहाँ स्वास्थ्यकर्मी नपठाएकाले तत्काल पत्र नदिएकाे बताए। संघीय सरकारले अन्य प्रदेशबाट प्रदेश ७ मा स्वास्थ्यकर्मी नपठाउँदासम्म सरुवापत्र नदिइने उनकाे भनाइ छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’