२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : विश्वभर पछिल्लो २४ घण्टामा १३ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार गत २४ घण्टामा विश्वभर १३ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाए भने ७ लाख नयाँ संक्रमित थपिएका छन्।
योसँगै विश्वमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ करोड ४९ लाख २२ हजार ९६४ पुगेको छ । उता कोरोना संक्रमणमा परेर हालसम्म २० लाख ३० हजार ९२४ जनाको ज्यान गइसकेको जनाइएको छ ।
हालसम्म कोरोना संक्रमणको बढी चपेटामा अमेरिका परेको छ । अमेरिकामा हालसम्म २ करोड ४३ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने हालसम्म ४ लाख ५ हजार भन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । बढी प्रभावित हुने देशको दोस्रो नम्बरमा भारत रहेको छ । त्यहाँ हालसम्म १ करोड ५५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । उता संक्रमण भएर मृत्यु हुनेको संख्या नै १ लाख ५२ हजार भन्दा बढीको मृत्यु भएको छ ।
भारतले यहीवीच हिजो शनिबारदेखि देशभर कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिन शुरु गरेको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स