Health TV Online

विकट गाउँकाे स्वास्थ्य केन्द्रमा पुग्याे एक्सरे सेवा

विकट गाउँकाे स्वास्थ्य केन्द्रमा पुग्याे एक्सरे सेवा

पर्वत : जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु भएको हो। एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले एक्सरे सेवा उद्घाटन गरे।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक्सरे मेशिन उपलब्ध गराएको हो। कुस्मा नगरपालिका–१२ ठूलीपोखरी वडा कार्यालय र कुस्मा नगरपालिकाले विनियोजन गरेको पाँच लाखको लागतमा एक्सरे कोठा, सामग्रीसमेतको व्यवस्था गरिएको छ।

एक्सरे सुविधा थपिएपछि सामान्य चोटपटक लाग्दा र सामान्य परीक्षणका लागि पनि पर्वत जिल्ला अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. विवेक भण्डारीले बताए।

कार्यक्रममा नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थालाई प्रभावकारी उपचार सेवा प्रदान गर्नका लागि नगरपालिकाले विशेष कार्ययोजना अघि सार्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा