स्वाइनफ्लु नियन्त्रणका लागि चिकित्सक पठाउन माग
काठमाडौं : सांसदहरूले सप्तरीमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सक परिचालन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरी र नमिताकुमारी चौधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइनफ्लुको महामारी नियन्त्रणका लागि चिकित्सकको टोली परिचालन गर्न माग गरेका हुन्।
सांसद तेजुलाललेले स्वाइनफ्लुका कारण चार जनाको ज्यान गइसक्दा पनि सरकारले चासो नदिएको गुनासो गरे। सांसद नमिताकुमारीले रोग नियन्त्रणका लागि तत्काल आवश्यक चिकित्सकको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरिन्।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने