भारतको एक अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।
शुक्रबार राती महाराष्ट्रको भण्डारास्थित अस्पतालको एनआइसीयूमा विद्युत सर्किटमा समस्या भएपछि आगलागी भएको बताइएको छ । सो आगलागीमा परी उपचारका लागि राखिएका १७ मध्ये १० जना नवजात शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा आगलागी भएको निकै बेरपछि मात्र दमकल आएर सो आगो निभाएको जनाइएको छ । उता मृत्यु भएका बच्चाका आफन्तहरुले अस्पतालको चरम लापरवाहीका कारण आफना बच्चाहरुको मृत्यु भएको भन्दै अस्पतालबाहिर प्रदर्शन गरेका छन्।
सो वार्डमा एक दिनदेखि तीन महिनासम्मका बच्चा रहेको जनाइएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड