बेलायतमा नयाँ प्रकारको कोरोना कहर : आजदेखि पुन: देशव्यापी लकडाउन

हेल्थ टिभी अनलाइन : बेलायतमा कोरोनाको नयाँ प्रकारको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिएकाले यसलाई रोक्न देशव्यापी लकडाउनको घोषणा गरिएको जनाएका हुन्। उनले पहिलो चरणमा फेब्रुअरी १५ सम्म यो लकडाउन जारी रहने जनाएका छन्।
बेलायतमा लगातार ७ दिनदेखि दैनिक रुपमा ५० हजार भन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका छन्। बेलायत कोरोना संक्रमितको संख्याको हिसाबले पाँचौ नम्बरमा परे पनि पछिल्लो समय भने कोरोनाको नयाँ स्ट्रेन टाउको दुखाइ बनिरहेको छ ।
हालसम्म बेलायतमा २७ लाख १३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ७५ हजार बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights