विश्वमा एकैदिन १३ हजार बढी कोरोना संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : विश्वमा एकैदिन १३ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशहरुमा १३ हजार ३६३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
यसैगरी गत २४ घण्टामा ७ लाख ११ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। एकातिर कोरोना विरुद्धको भ्याक्सिनको कुरा चलिरहेको छ भने अर्को तिर कोरोना संक्रमण पनि तीव्र रुपमै बढिरहेको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा ७ करोड ४५ लाख ३४ हजार १५५ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये हालसम्म १६ लाख ५५ हजार २२६ जनाको मृत्यु भएको छ । उता संक्रमणमुक्त हुनेको संख्या ५ करोड २३ लाख ७२ हजार ५३४ रहेको छ । विश्वमा कोरोना संक्रमणबाट हुने मृत्युदर औसमा ३ प्रतिशत रहेको बताइएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड