सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बालीमा

बाली : सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी एसिया प्यासेफिक राष्ट्रहरुको अन्तर्राष्ट्रिय सम्मेलन इन्डोनेसियाको बालीमा बिहीबार शुरु भएको छ। ‘ एसिया प्यासिफिक कन्फ्रेन्स अन् टोवाको अर हेल्थ’ अप्याक्ट २०१८ नाम दिइएको सम्मेलनको उद्घाटन इन्डोनेसियाकी स्वास्थ्य मन्त्री निला मोइलोइकले गरिन्।
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री मौइलोइकले इन्डोनेसियामा सूर्तीजन्य पदार्थको सेवन दिन प्रतिदिन ठूलो चुनौती बन्दै गएको भन्दै यसलाई रोक्न नसके ठूलो मूल्य चुकाउनुपर्ने बताइन। उनले सूर्तीजन्य पदार्थमा कर बढाउँदै लगि रहेको र यसको दर थप गर्दै लैजानुपर्नेमा जोड दिइन्।
सम्मेलनको उदघाटन सत्रमा राष्ट्रिय योजना विकास मन्त्री बामबाङ ब्रोडिन्जोगोरोले सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि बहुक्षेत्रीय सहयोगको आवश्यकता हुने बताए। उनले सूर्ती उत्पादन गर्ने किसानहरूलाई वैकल्पिक पेशातर्फ उन्मुख गराउन लाग्नुपर्ने बताए। सूर्ती उत्पादनबाट अन्य क्षेत्रमा लगाउन सबैको सहयोग चाहिने धारणा उनले राखे।
सम्मेलनमा २९ देशका एक हजार बढी प्रतिनिधिहरुको सहभागिता छ। सूर्तीजन्य पदार्थ नियन्त्रण गर्नका लागि प्रतिबद्धता जनाउन दुई\दुर्इ वर्षमा हुने याे सम्मेलनले दिगो विकास लक्ष्य प्राप्तिका लागि सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न जरुरी रहेको जनाएको छ।
सोही सम्मेलनमा महिला तथा बालबालिका मन्त्री युहाना एम्बिसेले सूर्ति उद्योगीहरूले बालबालिका र युवाहरुमा आफ्ना उत्पादन केन्द्रीत गरेको भन्दै यी समूहलाई सरकारले बेलैमा सचेत गराउनुपर्ने बताइन् ।
बालीका गभर्नर इकता सुवरजाईले पर्यटकीय नगरी बालिमा सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न आवश्यक रहेको बताए। कार्यक्रममा विश्व स्वास्थ्य संगठनका महासचिव डा टेडरोसले सम्मेलन सफलताको भिडियो सन्देश पठाएका थिए।
तीन दिनसम्म चल्ने सम्मेलन इन्डोनेसियन नेसनल कमिटी फर टोवाको कन्ट्रोलले आयोजना गरेको हो।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने