अमेरिकामा एकैदिन ३ हजार बढी कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३ लाख नजिक
हेल्थ टिभी अनलाइन : अमेरिकामा एकैदिन ३ हजार बढी कोरोना संक्रमितको मृत्यु भएर नयाँ रेकर्ड बनाएको छ ।
यो अमेरिकामा कोरोना भाइरसबाट भएको अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डोमिटरका अनुसार अमेरिकामा बुधबार २४ घण्टाको अवधिमा ३ हजार १२४ जना संक्रमितको मृत्यु भएपछि नयाँ रेकर्ड कायम भएको हो।
अमेरिकामा हालसम्म १ करोड ६० लाख ३९ हजार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ लाख ९९ हजार ६९२ जनाको मृत्यु भइसकेको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड