अमेरिकामा एकैदिन ३ हजार बढी कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३ लाख नजिक
हेल्थ टिभी अनलाइन : अमेरिकामा एकैदिन ३ हजार बढी कोरोना संक्रमितको मृत्यु भएर नयाँ रेकर्ड बनाएको छ ।
यो अमेरिकामा कोरोना भाइरसबाट भएको अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डोमिटरका अनुसार अमेरिकामा बुधबार २४ घण्टाको अवधिमा ३ हजार १२४ जना संक्रमितको मृत्यु भएपछि नयाँ रेकर्ड कायम भएको हो।
अमेरिकामा हालसम्म १ करोड ६० लाख ३९ हजार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ लाख ९९ हजार ६९२ जनाको मृत्यु भइसकेको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो