Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर ९७ प्रतिशत कोरोना संक्रमित निको भए

विश्वभर ९७ प्रतिशत कोरोना संक्रमित निको भए

हेल्थ टिभी अनलाइन :  विश्वभर कुल कोरोना संक्रमितको ९७ प्रतिशत संक्रमित निको भएका छन्। वर्ल्डोमिटरका अनुसार आइतबारसम्म विश्वमा ६ करोड ७३ लाख ८६ हजार २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ४ करोड ६५ लाख ८० हजार १३३ जना संक्रमित निको भएका छन्। यो कुल कोरोना संक्रमितको ९७ प्रतिशत हो । यसैगरी संक्रमित मध्ये हालसम्म १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भइसेको छ । यो संख्या हेर्दा विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर ३ प्रतिशत रहेको पाइन्छ । गत वर्षको डिसेम्बर महिलामा चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल २१८ देशमा पुगेको छ ।

विश्वमा अहिले १ करोड ९२ लाख ६४ हजार ४८८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड ५१ लाख ५९ हजार ५२९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार