‘सेप्सिस’बारे जनचेतना जगाउन र्याली र क्विज
काठमाडौं : सेप्टेम्बर १३ अर्थात् विश्व सेप्सिस दिवस। सेप्सिससम्बन्धी जनचेतना जगाउने उद्देश्यले काठमाडाैंमा बिहीबार विभिन्न कार्यक्रम गरियाे।
नेसनल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनकाे अायाेजनामा बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालबाट महाराजगञ्ज चोकसम्म र्याली निकालियो। यस्तै काठमाडौंका १५ अस्पतालका आईसीयूमा कार्यरत नर्स र डक्टरबीच क्विज प्रतियोगिता गरिएकाे त्रिवि शिक्षण अस्पतालका आईसीयू विभागप्रमुख डा. सुवास आचार्यले जानकारी दिए।
‘सर्वसाधारण मात्र होइन कतिपय चिकित्सकमा समेत सेप्सिसबारे भ्रम छ’, डा. आचार्यले भने, ‘याे कुनै नयाँ रोग होइन, विभिन्न रोगबाट हुने संक्रमण हो, सचेत हुनुहाेस् भनेर जनचेतना जगाउन कार्यक्रम गरेका हौँ।’
उनका अनुसार सेप्सिस रगतमा संक्रमण फैलिर्इ राेगसँग लड्ने क्षमता नष्ट हुने अवस्था हाे। स्वासप्रश्वास र पिसाबमा अाएका समस्यालार्इ सामान्य भनेर बेवास्ता गर्दा केही समयपछि सेप्सिस हुने खतरा बढ्छ।हाेश, स्वासप्रश्वास र पिसाबमा असाधारण परिवर्तन आउनेबित्तिकै सचेत हुनुपर्ने डा. आचार्यले बताए।
यस्तै सेप्सिससम्बन्धी जनचेतना जगाउन काठमाडौंका अस्पतालमा पोस्टर बाँडिएको छ। सेप्टेम्बर महिनाभर नै डाक्टर र नर्सहरूलाई सेप्सिससम्बन्धी सचेतना दिने कार्यक्रम रहेको आचार्यले बताए।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार