Health TV Online
Health TV Online
Health TV Online

एड्सले एक वर्षमा १६ जनाको मृत्यु

एड्सले एक वर्षमा १६ जनाको मृत्यु

कपिलवस्तु — जिल्लामा एड्सका कारण एक वर्षमा १६ जनाको मृत्यु भएको छ। समयमा उपचार नपाउँदा उनीहरूको मृत्यु भएको हो। गत आव ०७४\७५ मा नौ पुरुष, चार महिला, दुई बालक र एक तेस्रोलिंगीको मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि सेवनका लागि एआरटी सेन्टरमा सम्पर्क नराख्नेले ज्यान गुमाएको जनस्वास्थ्य कार्यालयका ‘एचआईभी फोकल पर्सन’ मोहम्मद इरफान खाँले बताए। जिल्लामा ३७२ संक्रमित औषधि सेवन गरिरहेका छन्।

‘९० प्रतिशतभन्दा बढीमा असुरक्षित यौन सम्पर्कका कारण एचआईभी संक्रमण भएको पाइएको छ,’ स्वास्थ्य कार्यालयका फोकल पर्सन खाँले भने, ‘त्यसबारेमा मात्र सचेतना जगाउन सके जिल्लामा एचआईभी संक्रमणको जोखिम कम हुँदै जानेछ।’ संक्रमितको स्वास्थ्य परीक्षणका लागि सहज सुविधा दिए पनि एआरटी सेन्टरसम्म नआउने जनस्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा