विश्वमा झण्डै ४ करोड मानिसमा कोरोना पुष्टि, ११ लाख बढीले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन : विश्वमा झण्डै ४ करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार आइतबारसम्म ३ करोड ९९ लाख ५९ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।
वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ११ लाख १४ हजार ६३३ पुगेको छ । उता कोरोना संक्रमण मुक्त हुनेको संख्या नै २ करोड ९८ लाख ८८ हजार ५८४ जना संक्रमित निको भएर आइसोलसनबाट डिस्चार्ज भएका छन्।
हालसम्म कोरोनाबाट मृत्यु हुनेमा अमेरिकामा धेरै रहेका छन्। अमेरिकामा मात्रै कोरोनाबाट २ लाख २४ हजार २८२ जनाको मृत्यु भएको जनाइएको छ । उता संक्रमितको संख्या नै त्यहाँ ८३ लाख ४२ हजार ६६५ पुगेको छ । उता अमेरिकापछि भारतमा सबैभन्दा बढी संक्रमित देखिएका छन्। त्यहाँ हालसम्म ७४ लाख ९४ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको छ । तेस्रोमा ब्राजिल रहेको छ ।
यता नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ भने हालसम्म ७२७ जनाको मृत्यु भइसकेको छ । हाल नेपालमा ३८ हजार ७३७ जना सक्रिय संक्रमित रहेका छन्।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड