इजरायलमा पुन: लकडाउन, चाडपर्वका बेला लकडाउन गरेको भन्दै मन्त्रीद्धारा राजिनामा
हेल्थ टिभी अनलाइन : कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि इजरायलमा पुनः लकडाउन लागू गरिने भएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तीन साताका लागि लकडाउन लागू गरिने जानकारी दिएका हुन् । दैनिक चार हजार मानिसमा संक्रमण पुष्टि हुन थालेपछि सरकारले पुन लकडाउन लागू गर्ने घोषणा गरेको हो । उता इजरायलमा लकडाउनको बिरोध पनि हुँदै आएको छ । यहुदीहरुको मुख्य पर्व नजिकिएको समयमा लकडाउन लागू गर्न लागेको भन्दै यसको विरुद्धमा एक मन्त्रीले राजीनामा दिएका छन् ।
लकडाउन गरेकै कारण सत्तारुढ गठबन्धनले आफ्नो पार्टीको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ । इजरायलमा गत मार्चको सुरुमा करिव एक महिना लकडाउन गरिएको थियो । ९० लाख जनसंख्या भएको इजरायलमा कोरोनाका कारण ११ सय सय ८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १ लाख ५३ हजार नाघेको छ । बीबीसी





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड